होमपेज / समाज
एजेन्सी, काठमाडौँ । बेलायतको राजधानी लन्डनमा अवस्थित इम्पेरियल कलेजमा ३ सय मानिसमाथि खोपको परीक्षण गर्ने तयारी भएको छ । बिबिसीका अनुसार यसको परीक्षणको नेतृत्व प्राध्यापक रविन शटोले गर्ने जनाइएको छ ।
समाचारका अनुसार जनावर माथि गरिएको खोप परीक्षण सफल भएको र यस खोपले मानिसको प्रतिरोधी क्षमता बलियो बनाउन सहयोग पु¥याउने बताइएको छ । हाल विश्वका १ सय २० ठाउँमा कोरोनाविरूद्धको खोप बनाउने प्रयास जारी रहेको छ । यसमध्ये १३ स्थानमा खोप चिकित्सकीय परीक्षणको तहसम्म पुगिसकेको छ ।
चीनमा पाँच, अमेरिकाका ३ र बेलायतका दुई वटा खोप विकास कार्यक्रम चिकित्सकिय चरणमा पुगेका छन् । यसका अलावा अस्ट्रेलिया, रूस र जर्मनीका १÷१ खोप विकास कार्यक्रम यो तहमा पुगेको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।