ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीका थप २८ जनामा कोरोना, कुल संक्रमित १३ सय ३५ पुग्यो

नेपालगाथा २०७७ असार १० गते बुधबार १६:२६:०० मा प्रकाशित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका कर्णाली प्रदेशका अनुसार प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट गरिएको परिक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १३ सय ३५ पुगेको छ । बुधबार संक्रमित हुनेहरुमा सुर्खेतका १३ जना, दैलेखका ३ जना, जाजरकोटका १ जना, कालिकोटका १ जना दांङका १ जना र धनुषाका १ जना रहेका छन् । यस्तै जुम्लाका ४ जना, रुपन्देहीका १ जना, सप्तरीका १ जना, ताप्लेजुङका १ जना र उदयपुरका एक जना रहेका छन् । 

प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

Top