ट्रेण्डिङ

होमपेज / समाज

एकै दिन ब्राजिलमा ४० हजार कोेरोना संक्रमित भेटिए

नेपालगाथा २०७७ असार १० गते बुधबार १२:२९:१८ मा प्रकाशित

काठमाडौं । ब्राजिलमा एकै दिन थप ४० हजार जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण तिव्र गतिमा फैलिरहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजार १ सय ३१ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै त्यहाँ कुल संक्रमितको संख्या ११ लाख ५१ हजार नाघेको छ । 

वल्डोमीटरका अनुसार मंगलबार कोरोनाबाट ब्राजिलमा सबै भन्दा बढी १ हजार ३ सय ६४ जनाले ज्यान गुमाएका छन् । यो सहित त्यहाँ मृतकको संख्या ५२ हजार ७ सय पुगेको छ ।
ब्राजिलमा अहिलेसम्म ६ लाख १३ हजार संक्रमित उपपचार पछि डिस्चार्ज भएका छन् । त्यहाँ अहिले ४ लाख ८५ हजारको उपचार जारी रहँदा ८ हजार ३ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

२ सय १५ देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म ९३ लाख ४२ हजार व्यक्ति प्रभावित भएका छन् । जस मध्ये ५० लाख ३६ हजार निको हुँदा ४ लाख ७८ हजार संक्रमितको मृत्यु भएको छ ।

गत २४ घण्टामा विश्वभर १ लाख ६० हजार नयाँ संक्रमित थपिँदा ५ हजार ४ सयले ज्यान गुमाएका छन् ।  

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top