होमपेज / समाज
काठमाडौं । सुनको मूल्य अहिले सम्मकै उच्च भएर तोलाको ९१ हजार नाघेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा ५ सय ५ रुपैयाँले बढेर ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तोलामा ५ रुपैयाँले बढेर चाँदीको मूल्य ९ सय ४५ रुपैयाँ पुगेको छ ।