ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना

नेपालगाथा २०७७ असार १० गते बुधबार ११:५८:०० मा प्रकाशित

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ । 

अस्पतालका निर्देशक मंगल रावलले बुधबार एक विज्ञप्ती जारी गर्दै सेवा प्रवाह गरिरहेको खण्डमा संक्रमणको जोखिम बढ्ने भएकाले अर्काे सूचना जारी नभएसम्मको लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् । 

विषम परिस्थितिमा कोभिड–१९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध समेत गरेका छन् । 

प्रेश विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

Top