होमपेज / समाज
पाेखरा। पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना देखिएको छ । प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ७ सय २९ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणको नतिजा आएसँगै नयाँ ३२ जना सङ्क्रमित रहेको पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार उनीहरू लमजुङमा ५ जना, पर्वतमा १ जना, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, गोरखामा १ जना, बागलुङमा ९ जना, तनहुँमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जना रहेका छन् ।