ट्रेण्डिङ

होमपेज / समाज

रुकुम घटनाको विरोध गर्दै सिठी जुलुस

नेपालगाथा २०७७ असार ९ गते मंगलबार १८:१२:०८ मा प्रकाशित

काठमाडौं । गएको जेठ १० गते ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुम चौरजाहारीको सोतीमा भएको घटनाको काठमाडौमा विरोध गरिएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको हो ।

अन्तरजातीय विहे गर्न जाँदा केटीका आफन्तको कुटपिटबाट मारिएका नवराज विश्वकर्मा र उनका पाँच साथीको हत्यामा संलग्नलाई कडा सजायको माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिठी ¥याली भएको हो ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले गत ११ जेठ देखि नै माइतीघरमा नियमितजसो विरोध तथा प्रदर्शनका कार्यक्रम गरिहेको छ । विरोध प्रदर्शनमा सहभागी साझा पार्टीका प्रकाशचन्द्र परियारले भने, ‘आज चारदेखि पाँच सयको हाराहारीमा मानिसहरुको उपस्थितिमा प्रदर्शन गरेका थियौँ । आन्दोलनमा मानिसहरुको सहभागिता दिनप्रतिदिन बढ्दो क्रममा छ ।’

संघर्ष समितिले सोमबार रुकुम घटनाको विरोधमा चरणबद्ध आन्दोलनको घोषण गरेको थियो । बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय घेराउको कार्यक्रम रहेको कांग्रेस निकट नेपाल दलित संघका सचिव दीपक सोनीले जानकारी दिए । आन्दोलनकारीले नवराजको पक्षमा निष्पक्ष छानविन र पीडितलाई न्यायको माग गरिहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top