होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरेर थप ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार आज थप भएका ५ सय ३८ जना गरी कुल संक्रमितको संख्या १० हजार नाघेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको हो ।
यसै बीच नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले उनी क्षयरोग र दमको बिरामी समेत रहेका बताए ।
मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा छन् ।