होमपेज / समाज
धनकुटा । तमोर नदीमा दुई जना बेपत्ता भएका छन् । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा स्थित तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालकहरू बेपत्ता भएका हुन ।
आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदिमा बेपत्ता भएका हुन ।
आँप खान तमोर नदीमा किनारमा गएका उनीहरु सोमबार साँझ बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी छातेढुङ्गा र चुहानडाडा प्रहरी चौकीबाट खटिएको प्रहरीले गरिरहेको जनाएको छ ।