ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट भारतमा १४ हजार बढिको मृत्यु

नेपालगाथा २०७७ असार ९ गते मंगलबार १२:५३:५१ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण १४ हजार ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख ४० हजार नाघेको छ । अहिले सम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ४० हजार २ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १४ हजार ९ सय ९३ नयाँ संक्रमित थपिएका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३५ हजार भन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने ६ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ६२ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार २ सय ३३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६२ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् भने ७ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा १८ हजारभन्दा बढी संक्रमित भेटिँदा ५ सय ६९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि १४ हजार भन्दा संक्रमित भेटिएका छन् भने ५ सय ६९ जनाको मृत्यु भएको छ । बिहारमा करिब ८ हजार संक्रमित फेला परेका छन् । यहाँ मृत्यु हुनेको संख्या ५५ पुगेको छ । अहिलेसम्म भारतमा दुई लाख ४८ हजार भन्दा धेरे संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्केका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top