ट्रेण्डिङ

होमपेज / समाज

एनआरएनएद्वारा नागरिकता विधेयकको स्वागत

नेपालगाथा २०७७ असार ९ गते मंगलबार १२:११:५१ मा प्रकाशित

काठमाडाैँ ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता विधेककाे स्वागत गरेकाे छ । एनआरएनएले राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वागत गरेको हाे ।

गैरआवासीय नेपालीले नागरिकता पाउने भनी नेपालको संविधानले नै सुनिश्चितता गरेको अवस्थामा राज्य व्यवस्था समितिबाट पारित विधेयकले नागरिकता प्राप्तीको निम्ति अर्को कदम अघि बढेको सङ्घले जनाएको छ ।

विधेयकले तीन प्रकारका नागरिकतालाई बढाएर चार प्रकार बनाई गैरआवासीय नेपालीसम्बन्धी छुट्टै व्यवस्था गर्नुलाई अत्यन्त सकारात्मक पाटोको रूपमा सङ्घले लिएको सङ्घका उपाध्यक्ष डा. बद्री केसीले बताउनुभयो ।

गैरआवासीय नेपाली नागरिकता सम्बन्धी गरेको व्यवस्थालाई असर नपर्ने गरी आगामी दिनमा प्रतिनिधिसभा र तत्पश्चात राष्ट्रिय सभाबाट समेत समितिबाट पारित विधेयक पारित हुने विश्वास सङ्घले लिएको छ ।

‘गैरआवासीय नेपालीहरुले सन् २००९ देखि उठाइरहेको आवाज सम्बोधन हुने दिशामा अघि बढेको छ’, सङ्घका उपाध्यक्ष डा. केसीले भन्नुभयो, ‘सबै राजनीतिक दल तथा नेताहरु सकारात्मक नै हुनुहुन्छ, हामी निरन्तर छलफल गरिरहेकै छौँ, विश्वास छ गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका सम्बन्धमा आगामी दिनमा पनि सकारात्मक नै परिणाम आउनेछ ।’

उहाँले समितिबाट विधेयकमा तीन पुस्ताको प्रसङ्ग उल्लेख भएकोमा त्यसलाई लिएर कुनै अलमल वा चिन्ता गर्न नपर्ने बताउनुभयो । यद्यपि गैरआवासीय नेपालीले प्राप्त गर्ने अधिकारमा राजनीतिक अधिकार नरहने उल्लेख भएकाले त्यो राजनीतिक अधिकार भनेको के के हुने भन्ने सम्बन्धमा स्पष्ट हुन आवश्यक रहेको र ती विषयमा कानून आयोगबाट कानून निर्माणको प्रक्रिया सँगसँगै सम्बोधन हुने अपेक्षासमेत सङ्घको रहेको डा. केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top