ट्रेण्डिङ

होमपेज / समाज

मंगलबार पनि देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

नेपालगाथा २०७७ असार ९ गते मंगलबार ०८:२३:०२ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) पनि देशका विभिन्न क्षेत्रमा बर्षाको सम्भावना रहेको जानकारी दिएको छ । नेपालभर नै मनसुनी वायुको प्रभावका विभिन्न क्षेत्रमा सामान्य देखि भारी बर्षाको सम्भावना रहेकाले सचेत हुन आग्रह गरेको छ । 

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।  

यसैगरी, राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा बताइएको छ ।
यस्तै, प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक  वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने सम्भावना रहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top