होमपेज / समाज
पाल्पा । पाल्पा सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी तानसेन खण्डमा पहिरो जाँदा ४ वटा सवारी साधन बगेका छन् भने २ जनाको शव फेला परेको छ । पहिलोले एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो । भने एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी नभएको प्रशासनले जानकारी दिएको छ । अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका छन् ।