ट्रेण्डिङ

होमपेज / समाज

थप ३ सय ७० जनाले कोरोना जिते 

नेपालगाथा २०७७ असार ८ गते सोमबार १६:५४:३७ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना कोरोना संक्रमित कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विशेष अस्पताल रुपन्देहीबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालीकोट अस्पतालबाट २८ जना, दैलेख अस्पतालबाट २ सय ६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पतालबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना गरी कूल ३ यस ७० जना निको भएका छन् ।

जसमा ३२ महिला र ३ सय ३८ पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । यो सहित देशभर हाल सम्म २ हजार १ सय ४२ व्यक्तिले कोरोना जितेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top