ट्रेण्डिङ

होमपेज / समाज

जंगली च्याउ खाँदा पाँच जना बिरामी   

नेपालगाथा २०७७ असार ८ गते सोमबार १६:४६:३३ मा प्रकाशित

दाङ । दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

आइतबार बेलुका उनीहरुले जंगलबाट ल्याएको च्याउ खाएका थिए । बिरामी परेकामध्ये मैतीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top