ट्रेण्डिङ

होमपेज / समाज

देशभर थप ५ सय ३५ जनामा कोरोना, कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

नेपालगाथा २०७७ असार ८ गते सोमबार १६:३५:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ३५ जना कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने  २३ जनाले ज्यान गुमाएका छन् । नेपालमा अहिले रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता डाक्टर गौतमको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top