ट्रेण्डिङ

होमपेज / समाज

भेरीगंगामा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

नेपालगाथा २०७७ असार ८ गते सोमबार १३:१५:२५ मा प्रकाशित

सुर्खेत । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका युवाको कोरोनाभाइरस रिपोर्ट नेगेटिभ आएको छ । मृत्युपछि उनको स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर परिक्षण गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन् । 

जेठ १६ गते भारतबाट फर्किएका उनी छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए । उनको क्वारेन्टिनमा आरडिटी चेक गरेर नेगेटिभ देखिए पछि घर पठाइएको थियो । तर उनको आइतबार बिहान मृत्यु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top