होमपेज / समाज
काठमाडौँ । ओखलढुंगामा पहिलो पटक एकजनामा कोरोना संक्रमण पुष्टि भएसँग देशभरका ७६ जिल्लामा कोरोना पुगेको छ । देशका ७७ वटा जिल्ला मध्ये १ जिल्लामा मात्रै कोराना पुग्न बाँकी छ ।
जुन रसुवा जिल्ला जहाँ हाल सम्म कोरोना पुगेको छैन । हाल सम्म देशभर ९ हजार २६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार कोरोना देखिएका ओखदढुंगा लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुष रहेका छन् ।
उनी केहि दिन अघि भारतबाट फर्किएका र उनको पीसीआर रिपोर्टमा कोरोना देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।