ट्रेण्डिङ

होमपेज / समाज

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता हुने 

नेपालगाथा २०७७ असार ८ गते सोमबार ११:०७:१४ मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसमा साउन अन्तिम साता हुने भएको छ । जसलाई पदाधिकारीको निर्णयलाई आज बस्ने कार्यकारिणी समितिको बैठकले अनुमोदन गर्नेछ ।

महासंघका उपाध्यक्ष चन्द्र ढकालले साउनको अन्तिम साता काठमाडौँमा साधारणसभा गर्ने निर्णय भएको पदाधिकारी बैठकले गरेको जानकारी दिएका छन् । साउनमा गर्ने निर्णय भए पनि मिति भने कार्यकारिणी समितिको बैठकले तोक्नेछ ।

गत चैत २८ र २९ गते हुने भनिएको साधारणसभा कोरोनाका कारण स्थगित भएको थियो । साधारणसभा कहिले गर्ने भन्ने विषयमा पदाधिकारीबीच विवाद समेत भएको थियो । महासंघको आसन्न साधारणसभा चुनावीसभा पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top