ट्रेण्डिङ

होमपेज / समाज

विश्वभर ९० लाख बढिमा कोरोना संक्रमण 

नेपालगाथा २०७७ असार ८ गते सोमबार ०८:३३:४३ मा प्रकाशित

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ९० लाख नाघेको छ । वर्ल्डोमिटर्सको सोमबार बिहानसम्मको तथ्याङ्क अनुसार विश्वभर कुल ९० लाख ४४ हजार रहेका छन् । 

आइतबार मात्रै विश्वभर १ लाख ३० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी आइतबार विश्वभर एक दिनमा ३ हजार ३ सय ३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । तर एकै दिनमा आइतबार १ लाख भन्दा बढी मानिस निको पनि भइसकेका छन् ।

अहिले विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या कुल संख्या पौने ५ लाख पुगेको छ । सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ४ लाख ७० हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले तथ्याङ्कमा उल्लेख छ । 

विश्वभर सङ्क्रमण देखिएका मध्ये अहिलेसम्म ५३ प्रतिशत भन्दा बढी निको भएर घर फर्किएका छन् । बुधबार मात्रै विश्वभर १ लाख ८ हजार भन्दा बढी मानिस संक्रमुक्त भएका छन् । 
अहिलेसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४८ लाख ३८ हजार नाघेको छ । सबैभन्दा धेरै संक्रमित तथा मृत्यु संख्या र निको हुनेको संख्या अमेरिकामा रहेका छन् । अहिलेसम्म त्यहाँ २३ लाख ५६ हजारभन्दा बढी मानिस संक्रमित हुँदा ९ लाख ८० हजारभन्दा बढी निको भइसकेका छन् । तर १ लाख २२ हजार २ सय ४७ जनाले भने ज्यान गुमाइसकेका छन् । 

आइतबार अमेरिकामा ७ हजार ४ सय १४ जना निको भएका छन् भने २ सय ६७  ले ज्यान गुमाएका छन् । ब्राजिलमा १० लाख ८६ हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएकोमा ५ लाख ७९ हजार भन्दा बढी मानिस निको भइसकेका छन् । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकापछि दोस्रो बढी रहेको छ ।

त्यहाँ अहिलेसम्म ५० हजार ६ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार मात्र त्यहाँ ६ सय १ जनाको ज्यान गएको छ भने ३६ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

रूसमा अहिलेसम्म ५ लाख ८४ हजार भन्दा बढी मानिसमा संक्रमण फैलिएकोमा ३ लाख ३९ हजार भन्दा बढी निको भइसकेका छन् । त्यहाँ कोरोनाबाट अहिलेसम्म ८ हजार १ सय ११ जनाको मृत्यु भइसकेको छ ।

भारतमा अहिलेसम्म ४ लाख २६ हजार भन्दा बढी मानिस संक्रमित भएकोमा २ लाख ३७ हजार भन्दा बढी निको भइसकेका छन् । भने १३ हजार ७ सय ३ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top