ट्रेण्डिङ

होमपेज / समाज

“छैठौं विश्व योग दिवस”को अवसरमा प्रदेश प्रमुख कलाैनीद्वारा शुभकामना सन्देश

नेपालगाथा २०७७ असार ७ गते आइतबार २१:१८:३० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीले सम्पूर्ण नेपाली एवम् कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा योग मार्फत जीवनलाई स्वस्थ बनाउन सफलता मिलोस् भनी शुभकामना दिनुभएकाे छ । आइतबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलाैनीले योग गर्नाले मानवीय चेतनालाई शरीरका अङ्गहरुसँग जोड्न मद्दत गर्ने बताउनुभयाे।

पूर्वीय दर्शनबाट प्रादुर्भाव भएको योग र ध्यानले शरीरलाई स्वस्थ राख्न मद्दत पुग्ने कुरालाई आधुनिक चिकित्सापद्धतिले समेत स्वीकार गरिसकेको उल्लेख गर्दै प्रदेश प्रमुख कलाैनीले शुभकामना सन्देशमा मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउनका लागि योगको महत्वपूर्ण योगदान रहेको बताउनुभएकाे छ । योगले शरीर स्वस्थ राखि रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले नियमित योगबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) बिरुद्ध लड्न समेत मद्दत पुग्ने शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।

परिवर्तित जीवनशैली र खानपानको कारण पनि स्वस्थ रहनका लागि योग गर्नु अपरिहार्य जस्तै भएको छ । योगबाट खासगरी स्वास्थ्यमा सुधार, कार्यक्षमतामा वृद्धि, चिन्ताबाट छुटकारा, मानसिक शान्ति, रोग प्रतिरोध क्षमतामा वृद्धि, सकारात्मक सोचको विकास हुने भएकाले म यस विश्व योग दिवसको अवसरमा नियमित योग गर्न सबैमा अपिल गर्दछु शुभकामना सन्देशमा भनिएकाे छ।

शुभकामना सन्देश

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top