ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा आरडिटी जाँचेर घर फर्केका एक जनाको मृत्यु 

नेपालगाथा २०७७ असार ७ गते आइतबार १७:११:१० मा प्रकाशित

सुर्खेत । आरडिटी जाँच गरेर घर फर्कीएका एक जनाको मृत्यु भएको छ । जिल्लाको सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट फर्किएका एक जनाको मृत्यु भएको हो । भेरीगंगा–५ छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए । उनको आइतबार बिहान मृत्यु भएको हो ।

क्वारेन्टिनमा आरडिटी (¥यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन् । उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर पठाइएको उनले बताइन् ।

उपमेयर ढकालका अनुसार उनी जेठ १६ गते भारतबाट फर्किएका थिए । अब उनको पिसिआर परीक्षणका लागि मृतकको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गएको नगर स्वास्थ्य इञ्चार्ज राजेश बुढाले जानकारी दिए । पिसिआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बुढाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top