होमपेज / समाज
काठमाडौं । सुनको मुल्य प्रतितोला ९० हजार नाघेको छ । आइतबार नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको हो । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो ।
आइतबारको मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबारका चाँदीको मुल्या ९ सय ४० रुपैयाँ तोकेको छ ।