होमपेज / समाज
काठमाडौं । नेपालमा १० बजेर ५० मिनेट जाँदा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा सकिएको छ । वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिएको छ ।
यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको खगोलविद् आचार्यले जानकारी दिए ।

