ट्रेण्डिङ

होमपेज / समाज

मनसुनी र पश्चिमी वायुको प्रभावले देशका विभिन्न क्षेत्रको मौसम बदली

नेपालगाथा २०७७ असार ७ गते आइतबार १२:५२:१२ मा प्रकाशित

काठमाडौं । देशभर मनसुनी र पश्चिमी वायुको प्रभावका कारण विभिन्न क्षेत्रको मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, भारतको पूर्वि उत्तर प्रदेशको भूभागमा न्युन चापीय प्रणालीको समेत विकास भएको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 
यस्तै, आइतबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिकदेखि सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेश धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति  सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने पूर्वानुमानमा उल्लेख छ । 

राति, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको र प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top