ट्रेण्डिङ

होमपेज / समाज

विदेशमा ३ नेपालीको कोरोनाबाट मृत्यु 

नेपालगाथा २०७७ असार ७ गते आइतबार १०:४८:०६ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो साता तिन जनाको मृत्यु भएको जानकारी दिएको हो । ती सबै कतारमा रहेका नेपाली कामदार रहेको बताइएको छ । 

गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । तर यो साता थप ३ जना नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ । यो सँगै ९ साताको अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या १ सय ३० जना पुगेको एनआरएनले जानकारी दिएको छ । 

हाल सम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजार भन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top