ट्रेण्डिङ

होमपेज / समाज

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना 

नेपालगाथा २०७७ असार ७ गते आइतबार ०८:०२:१२ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशका चार जिल्लामा आइतबार फेरि १६ संक्रमित फेला परेका हुुन । जसमा बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । 
press relese

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top