ट्रेण्डिङ

होमपेज / समाज

हिल्सामा सशस्त्रको बिओपी स्थापना

नेपालगाथा २०७७ असार ६ गते शनिबार १८:११:०९ मा प्रकाशित

हुम्ला । हुम्लाको हिल्सामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । छिमेकी देश चीन सँग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा पहिलो पटक आज (शनिबार) सशस्त्र प्रहरीको (बिओपी स्थापना गरिएको हो । केही दिन अगाडी मात्रै चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा बिओपी स्थापना गर्नका लागी सशस्त्रको टोली हिल्सामा पुगेको थियो ।

डिआईजी इन्जिीनीयर प्रताव बाबु श्रेष्ठ र प्रमुख जिल्ला अिधकारी चिरनजीवी गिरीको उपस्थितमा पहिलो पटक बिओपी स्थापना गरीएको हुम्लाका सशस्त्र प्रहरीका प्रमुख मोहन विष्टले जानकारी दिनुभयो । हिल्सा नाकामा २५ जना सशस्त्र प्रहरी रहने गरी (बिओपी) स्थापना गरीएको उहाँको भनाई छ । 

सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक विष्टको नेतृत्वमा दश जनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर जेष्ठ महिनामा हिल्सा पुगेको हो । टोलीले घर भाडामा लिने देखि अन्य व्यवस्थापनका काम सकेपछि आज (बिओपी) स्थापना गरीएको हो । हिल्साको (बिओपी) मा इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली खटिएको हो । 

बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्ने उहाँको भनाई छ । यस अघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top