ट्रेण्डिङ

होमपेज / समाज

मुगुका पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग 

नेपालगाथा २०७७ असार ६ गते शनिबार १७:३७:२९ मा प्रकाशित

मुगु । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले हिमाली जिल्ला मुगुका सञ्चारकर्मीलाई स्वास्थ्य सागम्री सहित ज्याकेट सहयोग गरेको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा महासंघ कर्णाली प्रदेशले मुगु जिल्लाका विभिन्न राष्ट्यि तथा स्थानीय रेडियोमा कार्यरत सञ्चार कर्मीहरुलाई सेनिटाईजर, माक्स उपलब्ध गराएको हो ।

त्यस्तै गरि नेपाल फोटो पत्रकार महासंघ केन्द्रिय कार्यालयले १३ वटा प्रेस जकेट उपलब्ध गराएको छ । जिल्लामा उपलब्ध गराइएका प्रेस जकेट हरु फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कान्तिपुर दैनिकका मुगु जिल्ला सम्वादाता राज बहादुर शाही र नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई शनिवार एक कार्यक्रमको आयोजना गरेको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए । 

अध्यक्ष मल्लले मुगु जिल्लाका क्रियासील पत्रकारहरुलाई के एन ९५ माक्स, सेनिटाईजर लगायत जकेट बितरण गर्नु भयो । कोरोना भाईरसको महामारी बाट आक्रान्त बनेको परिस्थीतमा मुगु जस्तो दुर्गम जिल्लामा काम गर्ने पत्रकारहरुलाई थोरै भएपनि राहत स्वरुप स्वास्थ्य सामाग्रीहरु र प्रेस जकेटको ब्यबस्था भएपछि स्थानीय सञ्चारकर्मीहरु खुशी भएका छन ।

फोटो पत्रकार महासंघ केन्द्रिय समिति र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश महासचिव दिपेन्द्र शर्माका पहलमा सुरक्षा सामाग्री उपलब्ध गराईएको जानकारी दिइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top