होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३ सय ३१ जना कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा थप ३ सय ३१ जनामा कोरोना देखिएको जानकारी दिइएको हो । यो सँगै देशभर कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित मध्ये २ सय ८२ जना पुरुष र ४९ जना महिला रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १८ महिला र १ सय ५८ पुरुष गरेर १ सय ७६ जनामा कोरोनाबाट निको भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए ।