ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंमा सरकारको विरोध

नेपालगाथा २०७७ असार ६ गते शनिबार १५:१४:४४ मा प्रकाशित

काठमाडौं । संघिय राजधानी काठमाडौँमा सरकारको विरोध भएको छ । देशमा कोरोना भाइरस तीव्र रूपले फैलिँदै गएको अवस्थामा सरकारले त्यसको परीक्षण, नियन्त्रण र उपचारमा सरकारले बेवास्ता गरेको भन्दै सरकारको विरोध गरेका हुन । 

शनिबार राजधानीको शहीदगेट लगायतका सडकमा आरडिटी परीक्षण बन्द गरेर शत प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने स्वास्थ्य सामग्री लगायत खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने लगायत माग राख्दै युवाको समूह विरोधमा उत्रेको हो । देशमा कोरोना संक्रमितको संख्या ८ हजार भन्दा बढी पुगिसकेको छ भने २२ जनाको कोभिडकै कारण मृत्यु भइसकेको तर,  देशको शासन सत्ता सम्हालेर बसेका प्रधानमन्त्री भने कोभिडकै कारणले मात्र नभई अरू नै कारणले मानिसहरूको मृत्यु भएको बताइरहेको भन्दै विरोधमा उत्रिएका हुन । 

यस अघि संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको रोग प्रतिरोधात्मको क्षमता उच्च भएको र बेसार पानीले कोरोनालाई सहजै जित्न सकिने बताएपछि उनको अहिले जताततै आलोचना भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top