ट्रेण्डिङ

होमपेज / समाज

दैलेखमा पिसिआर मेसिन पुग्यो

नेपालगाथा २०७७ असार ६ गते शनिबार १२:१७:३७ मा प्रकाशित

दैलेख । कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढ्दै गएपछि दैलेखमा पिसिआर मेसिन लगिएको छ । कोरोना भाइरस कोभिड १९ परिक्षणको लागि ८ जना स्वास्थ्यकर्मी टोलीसहित पिसिआर मेसिन दैलेख लगिएको हो । 

जिल्लामा दिन प्रतिदिन कोरोनाका बिरामीहरु थपिदै गए संगै संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषमार्फतको बजेटबाट शुक्रबार मेसिन दैलेख पु¥याइएको हो । 
छिमेकी भारतबाट ठूलो संख्यामा मानिसहरु जिल्ला फर्किएपछि हाल उनीहरुको कोरोना परीक्षण सुर्खेत र जुम्लाबाट गर्नुपर्ने बाध्यता थियो । जसले गर्दा रिपोर्ट आउन २० दिन बढी लाग्दै आएको थियो । 

निर्वाचन क्षेत्र नं. १ पूर्वाधार विकास कोषको रकमबाट पिसिआर मेसिन ल्याइएको संघीय सांसद रवीन्द्रराज शर्माले जानकारी दिए ।  उनका अनुसार केन्द्रीय निर्देशक समितिको निर्णय अनुसार एक हजार किटसहित पिसिआर मेसिन ल्याएको हो । केही दिनमै नयाँ पिसिआर मेसिन जडान गरी परीक्षण थालिने टोलीमा रहेका स्वास्थ्यकर्मी डा.रविन खड्काले बताए । 

कर्णाली प्रदेश सभाका सदस्य अमर बहादुर थापाले संघीय सांसदको पहलमा मेसिन ल्याइएको र करिब ७० लाख लागतमा आइसोलेसन अस्पताल निर्माण गरिने बताए । जिल्लामा लकडाउन अवधिभर ४२ हजारभन्दा बढी नागरिक जिल्ला भित्रिएका जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।  

भारतबाट आएका मध्ये ३ हजार २ सय ६७ जना क्वारेन्टाइनमा छन् भने बिहीबारसम्म ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये ३ सय ३४ जना कोरोना जितेर घर फर्किसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top