ट्रेण्डिङ

होमपेज / समाज

डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन सिल

नेपालगाथा २०७७ असार ६ गते शनिबार ११:३९:०६ मा प्रकाशित

डडेल्धुरा । कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । 

अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए । उनले भने, ‘समितिको निर्णय अनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन् । हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ ।’

सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए । डडेल्धुरामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धेरै संक्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो ।
रासस
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top