होमपेज / समाज
काठमाडौं । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोनाको संक्रमण देखिएको छ । प्रदेशका विभिन्न ७ जिल्लामा गरेर ५८ जना कोरोना संक्रमण देखिएको हो । जसमा तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जना रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।