ट्रेण्डिङ

होमपेज / समाज

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न अब नपाइने 

नेपालगाथा २०७७ असार ५ गते शुक्रबार १८:२९:४१ मा प्रकाशित

काठमाडौं । सरकारले राति १० बजे देखि बिहान ५ बजे सम्म हिँड्न रोक लगाएको छ । बन्दाबन्दीको समयमा नागरिकको सुरक्षालाई लक्षित गरी सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो । 

कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था जारी गरेको हो । आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ । अनावश्यक काममा बाहिर आवतजावत नगर्न गृहमन्त्रालयले आग्रह गरेको छ ।

‘विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जना भन्दा बढी सहभागी हुन नपाउने र अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने बताइएको छ । वृद्ध मानिस, अशक्त तथा सुत्केरी, महिला र १० वर्ष तलका बालबालिकालाई बाहिर ननिस्कन प्रोत्साहन गर्नुस्’, विज्ञप्तिमा भनिएको छ, ‘मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै ओसारपसार गर्नुपर्नेछ ।

भारत वा अन्य मुलुकबाट आउनेले स्वेच्छिक क्वारेन्टाइन वा होटलमा बस्दा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने छ । सामाजिक दूरी अनिवार्य पालन गर्नुपर्ने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top