ट्रेण्डिङ

होमपेज / समाज

उपमहानगरपालिकाले जग्गा बाँझो राखे कारबाही गर्ने

नेपालगाथा २०७७ असार ५ गते शुक्रबार १७:१२:१२ मा प्रकाशित

दाँङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले विश्वमा फैलिएको कोरोना महामारीका कारण बेरोजगारी समस्या बढ्न सक्ने आँकलन गरी कृषिक्षेत्रलाई प्राथमिकतामा राखिएको बताएको छ । सोहि अनुरुप बाँझो जग्गा राख्नेलाई दण्ड दिने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

आर्थिक वर्ष २०७७र०७८ को नीति कार्यक्रम आज सातौँ नगरसभामा प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस्तो बताएका हुन ।  आयातित हाइब्रिड बीउ प्रतिस्थापन गर्न बिउ बैंक स्थापना गर्ने, सामूहिक खेतीलाई प्राथमिकता दिने, परम्परागत खेतीलाई आधुनिकीकरण गर्ने, कृषि औजार प्रयोगलाई बढाउने, एक गाउँ एक उत्पादन अभियान चलाउने र कृषि बीमा गर्न विभिन्न कम्पनीसँग सहकार्य गर्ने नीति उपमहानगरपालिकाको रहेको छ । 

जसमा युवालाई कृषिमा आकर्षित गर्न धान, मकै र गहुँबालीमा अनुदान दिने, प्लाष्टिक टनेल वितरण गर्ने, कृषक पहिचान कृषिमा स्वाभिमान भन्ने नाराका साथ किसानलाई प्रोत्साहनस्वरुप परिचयपत्र तथा पोशाकको व्यवस्था तथा व्यावसायिक किसानलाई अनुदान दिने व्यवस्था गरिएको नगर प्रमुख पाण्डेले जानकारी दिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top