ट्रेण्डिङ

होमपेज / समाज

रुकुम पश्चिम घटनामा मृतकका परिवारलाई कर्णाली सरकारले एक लाख राहत दिने 

नेपालगाथा २०७७ असार ५ गते शुक्रबार १३:२६:४४ मा प्रकाशित

सुर्खेत । रुकुम पश्चिम घटनामा मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले प्रर्ति परिवार एक लाख राहत उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको असार १ गते सोमबार बसेको बैठकले रुकुम घटनाका ६ जना मृतकका प्रतिपरिवारलाई एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । 

यस्तै बैठकले प्रदेश निजामती सेवा पुरस्कार सम्बन्धी मापदण्ड तथा कार्यविधि २०७७ स्वीकृत गर्ने समेत निर्णय गरेको छ । यस्तै स्थानियतहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धि कानुनमा सन्शोधन र एकिकरण गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा पेश गर्न स्वीकृति दिने, भौतिक पुर्वाधार विकास कार्यालयको कार्यालय प्रमुख पदमा योग्यता पुगेका इञ्जिनियरिङ्ग सेवार सिभिल समुह अन्तर्गतका जुनसुकै उपसमुहका कर्मचारी जान पाउने गरि उपसमुह खुल्ला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयाे ।  यस अघि जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा जाजरकोटमा नवराज विक सहित ६ जनाको हत्या भएको थियो ।

press relese


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top