होमपेज / समाज
काठमाडौँ । सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । तत्कालिन सिईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नर भएसँगै बोर्डको सिईओको पद रिक्त रहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रकाशन गरेको सूचनामा योग्यता पुग्ने ईच्छुक व्यक्तिले १५ दिनभित्रमा दरखास्त दिन सक्ने भनिएको छ ।
