ट्रेण्डिङ

होमपेज / समाज

चीनको नियन्त्रणमा रहेका भारतीय सैनिक रिहा

नेपालगाथा २०७७ असार ५ गते शुक्रबार १२:२८:२२ मा प्रकाशित

एजेन्सी । चीनले नियन्त्रणमा लिएका भारतीय सैनिकको रिहाई गरेको छ । गत सोमबार राति गलवान घाँटीमा भएको झडपका क्रममा चिनियाँ सेनाले नियन्त्रणमा लिएका १० जना भारतीय सैनिकलाई रिहा गरिएको हो । 

सो हिंसात्मक झडपपछि चीनले नियन्त्रणमा लिएका सेनालाई रिहा गरिदिएको हो । भारतको पत्रिका द हिन्दूले सैनिक स्रोतलाई उदृत गर्दै मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिक रिहा गरेको उल्लेख गरेको छ ।

रिहा हुनेमा एक लेफ्टिनेन्ट कर्णेल र तीन जना मेजर समेत थिए । भारतले बिहीबार जारी गरेको वक्तव्यमा भारतका कुनै सैनिक वेपत्ता नरहेको जनाएको थियो । द हिन्दूका अनुसार चीनले भारतीय सैनिकलाई बिहीबार साँझ पाँच बजे रिहा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top