होमपेज / समाज
काठमाडौं । विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुम मार्फत् भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भएका थिए ।
सहभागीले कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) र एलिस कार्की (१२) ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रिया, नाइजेरिया, क्यानडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायत लगायत देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिका सहभागी थिए ।
कार्यक्रममा औरुस लम्साल, टीया आचार्य, अभिराजथिवी, अश्मी अधिकारी, दिलाशा शर्मा, जयान मोहम्मद सैयद, कृति तिमल्सिना, कृतिका राउत, कृष्णा थापा, निर्भिक अर्याल, लियाना अहमद, प्रसिद्ध पन्त, साक्षी भट्टराई, शैलेश शर्मा, सियोअन थापा, स्मिड गैरे, स्नेहा चौधरी, युभरानी गुरुङ, आयुषा कँडेल, सभ्यताशर्मा, एलिश कार्कीलगायतले कोरोना कहरको अनुभव सुनाए ।
दुई दर्जन भन्दा बढी बालबालिका सहभागी उक्त कार्यक्रमको छलफल रमाइलो रहेको थियो । सबै भन्दा कम उमेरकी सहभागीको रुपमा ५ वर्षकी युभरानी गुरुङ थिइन् ।
बालबालिकाले सो कार्यक्रममा आफूले कोरोनाको कारणले भोग्नुपरेका समस्या, आफ्नो दैनिकीमा आएका परिवर्तनका बारेमा एकापसमा छलफल गर्दै भविष्यका योजनाका बारेमा पनि सबैमाझ प्रस्तुत गरेका थिए ।
सो कार्यक्रमको संयोजन गैरआवासीय नेपाली संघअन्तर्गतको विश्व स्वास्थ्य समितिको तर्फबाट विमला सापकोटा, डा सञ्जीव सापकोटा, सत्य चौधरी, यस्मिन बेगम सैयदले गरेका थिए । सो कार्यक्रमलाई गैरआवासीय नेपाली संघको आधिकारिक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
रासस