होमपेज / समाज
काठमाडौँ । आज (शुक्रबार) यूएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई लिएर नेपाल एयरलाइन्सको विमान नेपालतर्फ उडेको छ । उक्त विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासका सूचना अधिकारी भुवन ओझाले जानकारी दिएका छन् ।
कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो ।
युएईको स्थानीय समय अनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई शुक्रबार नेपाल पठाइएको हो ।