ट्रेण्डिङ

होमपेज / समाज

भारतमा एकै दिन थप १२ हजार ८ बढि नयाँ संक्रमित थपिए 

नेपालगाथा २०७७ असार ४ गते बिहीबार १७:४९:१६ मा प्रकाशित

काठमाडौँ । छिमेकी देश भारतमा एकै दिन थप १२ हजार ८ सय भन्दा नयाँ कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८ सय ८१ जना संक्रमित देखिएको हो । यो संगै भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३ सय ८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३ सय २५ जना संक्रमणमुक्त भएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या ३ सय ३४ रहेको छ । 
यो सँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या १२ हजार २ सय ३७ पुगेको छ । एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top