ट्रेण्डिङ

होमपेज / समाज

बम्जन आश्रममा सीआईबीको छापा

नेपालगाथा २०७७ असार ४ गते बिहीबार १७:२२:३४ मा प्रकाशित

काठमाडौँ । लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको आश्रममा सीआईबीले छापा मारेको छ । उनको सिन्धुलीस्थित आश्रममा प्रहरीले छापा मारेको हो । उनी माथि २०७२ मा आश्रममा आएका अनुयायीहरुको हत्या र बलात्कार गरेको अभियोग लागेको थियो । सोही अभियोगमा पक्राउ पुर्जि जारी भएका बम्जनलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेको हो ।

तर, उनी आश्रममा नभेटिएको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए । यस अघि ४ माघमा समेत प्रहरीले छापा मारेको थियो । यो बम्जनको आश्रममा छापा मारेको दोस्रो पटक हो । 

सीआईबीको टोली बिहीबार कुकुर सहित बम्जनको आश्रम पुगेको थियो । ठूलो जंगलको बीचमा उनको आश्रम भएको कारण उनी त्यहीँ जंगलबाट भागेको अनुमान प्रहरीको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top