होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पतालबाट गरिएको परिक्षणमा थप ६ सय ७१ जनामा कोरोना देखिएको हो । यो संगै देशमा कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
ती मध्ये २२ जनाको मृत्यु भएको छ भने ११ सय ८६ जना उपचार पछि डिस्चार्ज भएका छन् ।