ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत

नेपालगाथा २०७७ असार ४ गते बिहीबार १६:३१:३० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृति गरिएको भएको छ । बिहीबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।

अब कार्यतालिका अनुसार यही असार १५ गते देखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तह अनुसार जनगणनाको तालिम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’ मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरुलाई तालिम, जिल्लामा जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने जनगणनाका प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाख भित्र विषयगत प्रतिवेदन सार्वजजिनक गर्ने लक्ष्य रहेको बताइएको छ । 

बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै विवरण रहने गरी विभागको सव डोमेनमा स्थायी वेबसाइटको रुपमा रहने गरी censusnepal.cbs.gov.np को राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले सार्वजनिक गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top