होमपेज / समाज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा १ सय २० जनामा कोरोना देखिएको हो ।
जसमा दैलेखमा ८६ जना र सुर्खेतका ३४ जना रहेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १२ सय २४ पुगेको छ ।
Press relese