होमपेज / समाज
सुर्खेत । क्वारेन्टिनमा बसेको २१ दिन सम्म पनि कोरोना भाइरसको परिक्षण (पिसिआर) चेक नभएपछि दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ को एक क्वारेन्टिनमा बसेमा मानिसहरु घर फर्केका छन् । लामो समय सम्म क्वारेन्टिनमा बसे पनि पिसिआर चेक नभएका कारण उनीहरुले स्थानीय प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर गएका हुन । वडा नम्बर ८ को जनज्योती आधारभूत विद्यालय मदन चौरमा बसेका ३३ जना बुधबार आफ्नो घर गएका हुन । २१ दिन अघि भारतको विभिन्न क्षेत्रबाट घर फर्केका उनीहरुलाई नगरपालिकाले क्वारेन्टिनमा राखेको थियो । बुधबार उनीहरुले बर्षायाम सुरु भइसकेको आफ्नो खेतबारी बाँझो रहने अवस्था आएको भन्दै क्वारेन्टिनबाट वडा अध्यक्ष, नगर प्रहरी, स्वास्थ्यकर्मीलाई अटेरी गर्दै आ–आफ्नो घर गएका हुन ।
उनीहरुलाई जति रोक्ने पर्यास गरेपनि उनीहरुले अटेरी गरेर घर गएको वडा नम्बर ८ का वडा अध्यक्ष विर बहादुर शाहीले बताए । ‘कुल ३४ जनाको ७ दिन पहिले आरडिटि चेक गरेका थियौँ । ति मध्ये एक जनाको पोजेटिभ आए पछि उहाँ तत्काल विन्द्रासैनी स्वास्थ्यचौकीमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ वडा नम्बर ८ का वडा अध्यक्ष विर बहादुर शाहीले भने, ‘आरडिटि परिक्षण लगत्तै ५ अघि पिसिआरको लागि नमुना संकलन गरेर लगिएको छ । तर आज सम्म नतिजा नआएपछि उहाँहरु जानु भएको हो ।’
‘२७ सय जनाको चेक भएपछि उहाँहरुको पालो आउँछ भन्ने मैले सुनेको छु ।’ उनले थपे, ‘नगरपालिकाले भोली, पर्सी सम्म रिर्पोट आउने जानकारी दिएको छ । तर उहाँहरु हाम्रो खेतबारी बाँझो नै रहने भयो बर्खा लागिसक्यो भन्दै हाम्रो आग्रहलाई नकार्दै जानुभयो ।’
आफुहरुले रोक्ने पर्यास गर्दा गर्दै पनि उनीहरुले जवरजस्ती घर गरएकाले अब नगरपालिकाको निर्णय अनुसार अघि बढ्ने अस्थाई प्रहरी चौकी जम्बुकाँधले बताएको छ ।
यता नगरपालिका स्वास्थ्य शाखा प्रमुख मानकुमारी शाहीले प्रहरी प्रशासन, वडा कार्यालय तथा आफुहरुले कुनै हालतमा रोक्नै नसकेको बताइन । ‘उहाँहरुको घरबाट पनी उहाँहरुलाई लिन आउनु भएको थियो ।’ उनले भनिन, ‘उनीहरु सबै एउटै टोलका हुन । आफ्नो घरबारी बाँझो नै रहने भयो । घरमा हामीहरु छुट्टै बस्छौँ । रिर्पोट नआउन्जेल सम्म परिवारसंग सम्पर्कमा आउदैनौँ तर बारीमा काम गनुपर्छ भन्दै आन्दोलनको शैलीमा जानुभयो हामीले रोक्न सकेनौँ ।’
उनीहरुकाे नमुना परिक्षणको लागि जुम्ला पढाइए पनि चेककोको लागि लाइनमा रहेको भन्दै उनले रिर्पोट कहिले आउने फिक्स नभएको बताइन् ।