होमपेज / समाज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीका थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना भाइरस देखिएको हो ।
जसमा सुर्खेतबाट गरिएको परिक्षणमा ४ जना र जुम्लाबाट गरिएको परिक्षणमा १४ जनामा कोरोना देखिएको हो । जसमा १४ जना कालिकोटका, २ जना दैलेख र २ जना सुर्खेतका रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या १ सय ४ पुगेको छ ।