ट्रेण्डिङ

होमपेज / समाज

एमयूले रेडियो र टेलिभिजन सञ्चालन गर्ने 

नेपालगाथा २०७७ असार ३ गते बुधबार १४:४७:०५ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रेडियो र टेलिभिजन सञ्चालन गर्ने भएको छ ।  विश्वविद्यालयको १०औं वार्षिकोत्सवका अवसरमा जुम मिटिङ्गमार्फत सम्बोधन गर्दै उपकुलपति प्राडा नन्दबहादुर सिंहले रेडियो र टेलिभिजन सञ्चालनका लागि प्रदेश सरकारसँग छलफल अगाडि बढिसकेको जानकारी दिनुभएको छ । 

प्राडा सिंहले सम्बन्धित विषयको जिम्मेवारी सम्बन्धित संकायले लिनुपर्ने भन्दै विगतमा जस्तो मनपरी तरिकाले विश्वविद्यालय अगाडि बढ्न नसक्ने तर्फ सबैको ध्यान केन्द्रित गर्नुभयो । 

सोही अवसरमा उहाँले कर्णालीका जनताको खुन र पसिनाले बनेको विश्वविद्यालयलाई सुन्य सहनशिलतामा अगाडि बढाउन आफ्नो सम्पूर्ण मेहेनत लगाएर विश्वविद्याललाई बनाएर छोड्ने बताउनु भयो । 

विश्वविद्यालय अब प्रविधितर्फ अगाडि बढिरहेको बताउँदै उपकुलपति प्राडा सिंहले विश्वविद्यालयको अध्ययन र अध्यापन समय विताउनका लागि नभएर प्रतिस्प्रर्धी विद्यार्थी उत्पादन गर्नका लागि भएकाले सोही अनुसार विद्यार्थी उत्पादन गरिने समेत उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top