होमपेज / समाज
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो १०औँ स्थापना दिवस मनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण सार्वजनिक रुपमा कार्यक्रम नभए पनि अनलाईन भर्चुअल वार्षिक उत्शव समारोह मार्फत स्थापना दिवस मनाइएको हो ।
समारोहमा विश्वविद्यालयका उपकुलपति प्रद्यापक डाक्टर नन्द बहादुर सिंहले आफ्ना स्पष्ट भिजनका साथ विश्वविद्यालयलाई अघि बढाउने बताएका छन् । कर्णालीका जनताको चाहाना अनुसारको आफ्नो भिजन सहित अघि बढ्ने उनको भनाई थियो ।

आफु उपकुलपति भएर आउनुपूर्व नै यहाँको भौतिक संरचना पुरा गर्ने, विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाउने, इकोनोकीको साधन बनाएर उत्पादन गर्ने, रोजगारी सृजना गर्ने, अत्याधुनिक कोर्ष बनाउने, कर्णालीका १० जिल्लाका स्रोत साधनको बारेमा बुझ्न सक्ने शिक्षाको विकासमा लाग्ने बताए ।
सिंजा सभ्यता, काँक्रेविहार जस्ता ऐतिहासीक धरोहरले भरीपूर्ण क्षेत्रहरु कर्णालीमा रहेको भन्दै उनले विश्वविद्यालयलाई कर्णालीका जनताको जीवन परिवर्तन गर्नै विश्वविद्यालयको रुपमा विकास गर्ने बताए । ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय कर्णालीको गरिबि विरुद्ध, गरिब जनताका छोराछोरीलाई पढाएर उनीहरुलाई राष्टका कणदार बनाउने जिम्मा लिएको छ ।
उनले भने, ‘म धर्तीमा बाँचुन्जेल भष्टाचार गर्ने छैन । भष्टाचार विरुद्धको आन्दोलनमा स्वएम आफै सहभागिता जनाउने छु । अन्य प्रद्यापक, उपप्रद्यापक विद्यार्थीहरुलाई पनि यसमा लाग्न आग्रह गर्ने छु ।’
२०६७ साल असार ३ गते आजकै दिन विश्वविद्यालय स्थापना भएको दिनलाई स्मरण गर्दै उनले स्थापनार्थ लाग्ने शिक्षक विद्यार्थी, सामाजिक अभियान्ता, सहयोगीदाताहरुलाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार यामबहादुर कार्कीले कोरोना भाइरसको महामारीका कारण यस बर्ष सार्वजनिक रुपमा कार्यक्रम गर्न नपाए पनि भविष्यमा विगतमा जस्तै गरेर मनाउने बताए ।
उपकुलपतिको नेतृत्वमा विश्वविद्यालय अघि बढिरहेको अवस्थामा विश्वविद्यालयको प्रगतीमा सहयोग गर्न उनले अनुरोध समेत गरेका छन् । भर्चुअल बैठकमा विश्वविद्यालयका प्रध्यापक, उप–प्रध्यापक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।